नेपाल बैंक र एनसेलबीच सम्झौता, मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकलाई डाटा शुल्क नलाग्ने

  • Technology Khabar | १२ श्रावण २०७९, बिहीबार
नेपाल बैंक र एनसेलबीच सम्झौता, मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकलाई डाटा शुल्क नलाग्ने

काठमाडौं ।

नेपाल बैंक लिमिटेडका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकलाई डाटा शुल्क नलाग्ने भएको छ। मंगलबार बैंक र एनसेल आजियाटा लिमिटेडबीच सम्झौता भएसँगै बैंकका ग्राहकलाई मोबाइल बैंकिङ्ग प्रयोग गर्दा डाटा शुल्क नलाग्ने भएको हो।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता अनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहलाई एनसेलको सिम प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ। नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यस अघि नै यो सुविधा प्रदान गरिसकेको छ।

अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्कमार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन्। डिजिटल बैकिङ्गलाई प्रबर्द्धन गरी ग्राहकहरुलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ।

प्रकाशित: १२ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

विराटनगरका युवालाई आइटी प्रशिक्षण

  • Technology Khabar
  • १२ श्रावण २०७९, बिहीबार