सञ्चार मन्त्रालयमा प्रवक्ता आज नियुक्त हुँदै

  • Technology Khabar | ८ श्रावण २०७९, आईतवार
सञ्चार मन्त्रालयमा प्रवक्ता आज नियुक्त हुँदै

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रवक्ता आज आइतबार नियुक्त गरिने भएको छ।

मन्त्रालय गत असार १ गतेदेखि प्रवक्ता विहिन रहँदै आएको थियो।

आइतबार नयाँ प्रवक्ता नियुक्त गर्न लागिएको मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए।

लामो समयसम्म खाली हुनुको कारण र प्रवक्ता पदमा नयाँ व्यक्ति कहिले सहभागि होला? भन्ने टेक्नोलोजिखबरडटकमकको प्रश्नमा उनले समयानुसार व्यक्ति छनोटमा केही ढिला भएपनि आईतबार नियुक्त हुने पक्का भएपनि गोपनियता भङ्ग र मान्छे नै फिक्स नभएकाले प्रवक्ता हुने व्यक्तिको नाम अहिले भन्न नहुने भएकाले साँझसम्म पर्खन उनले भने।

गत असार ६ गते मन्त्रीपरिषदको बैठकले सञ्चार मन्त्रालयका प्रवक्ता विनोद प्रकाश सिंहलाई सह-सचिवबाट सचिवमा बढुवा गरेको थियो। सिंह बढुवा भएसँगै प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १, विराटनगरमा प्रमुख सचिवका लागि सरुवा भए। व्यवसायीक र सिर्जनशिल प्रशासनः विकास, समृद्धि र सुशासनका लागि विराटनगर जानुको मुख्य कारण सचिवमा बढुवा भएसँगै प्रदेश सरकारमा काम गर्नुपर्ने अनिवार्यताका कारण बढुवाको बधाई खादै उनी प्रदेश १ पुगे।

उनी पूर्वतिर लागेपछि प्रवक्ता भएर कार्य गरेको पद सूचना मन्त्रालयमा १ महिनादेखि खाली नै छ। गत शुक्रबारसम्म सचिव डा.बैकुण्ठ अर्याल, सहायक प्रवक्ता उपसचिव निर्मला न्यौपाने, गुनासो सुन्ने अधिकारी उपसचिव पंकज भुर्तेललाई फोन गर्दा फोन रिसिभ भएको थिएन। सूचना मन्त्रालयको वेबसाईटमा रहेका विभिन्न नम्बरमा फोन गर्दापनि प्रतिकृया नआउदा
सरकारी काम कहिले जाला घाम भन्ने उखान प्रष्ट देखिन्थ्यो।

सिंहसँगै पद पनि हरायो? भन्ने प्रश्न हास्य पारा उठ्न थालेको थियो।

राजनीति, कुनै ठूला दल निकट भएपछि ठूला पद र चर्चित मन्त्रालयमा नियुक्ती हुने प्रचलन भएकाले पनि लामो समयसम्म रिक्त पदपूर्ती हुन नसक्ने चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष निकिता पौडेलको भनाई छ।

डा. कृष्ण बाबु श्रेष्ठले कुनै पद रिक्त हुनु वा त्यसमा अर्को व्यक्तिको नियुक्ति हुनु सामान्य प्रक्रिया मानिए पनि स्थिति हेरी त्यसको संवेदनशीलताको दायरा र मूल्य निकै ठूलो हुने भएकाले रिक्त पदमा तत्काल पदपूर्ती हुन नसक्ने उदाहरण धेरै भएको उल्लेख गर्छन्।

प्रकाशित: ८ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

KMC hosts three-day workshop on advanced research methods, data analysis, and ethical use of AI

  • Technology Khabar
  • ८ श्रावण २०७९, आईतवार