क्लास्सिक टेकमा नेपालभर थप ३०० प्राविधिक फाइबर कर्मचारी नियुक्त

  • Technology Khabar | ८ श्रावण २०७९, आईतवार
क्लास्सिक टेकमा  नेपालभर थप ३०० प्राविधिक फाइबर कर्मचारी नियुक्त

काठमाडौं ।

देशको अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लास्सिक टेकले देशैभरि थप ३०० नया फाइबर प्राविधिक कर्मचारी नियुक्त गरेको छ।

वर्षा मौसममा फाइबर सम्बन्धि धेरै समस्या आउने र कर्मचारी पानीको कारणले बिद्युत पोलमा चडेर काम गर्न नमिल्ने भएकोले ,र बद्दो ग्राहकलाई आवश्यक समयमै सुबिधा दिन कम्पनीले एकैपटक धेरै संख्यामा कर्मचारी नियुक्त गरेको विज्ञप्तिद्धारा जनाएको हो।

अब क्लास्सिक टेकको १०३ आउटलेटसंगै रहेका आफ्ना प्रयोगकर्ताहरुको लागी सहजकताको पहुच बढाएको छ। जसले गर्दा छिटो प्राविधिक सहायता दिन मद्धत पुर्याउने छ भने मर्मत मा लाग्ने समय पनि घटेर छिटो छरितो रुपमा सेवा प्रदान गर्न थप मद्धत पुग्ने कम्पनीको भनाइ छ । यसका साथै क्लास्सिक टेकले आफ्नो आईपी टिभी अपडेट भर्सन १.१.२ ल्याएको विज्ञप्तिमा उल्लेख छ।

योसँग १०० भन्दा बढी एचडी यानेल र १०० एसडीच्यानेल हरुमा पनि नयाँ फिचर ल्याएको क्लास्सिक टेकले जनाएको छ।

यसले टेलिभिज हेर्दा अझै राम्रो लाग्ने र बुफरिङ फ्रीकोहरुको समाधान गर्ने कम्पनीको दाबी छ।

यो संगै कम्पनीले आउने दिनमा आफ्नो नेटवर्के दुर्गम क्षेत्रमा विस्तार गर्दै जाने र ग्राहकलाई राम्रो इन्टरनेट न्युनतम मूल्यमा दिने जनाएको छ।

प्रकाशित: ८ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

KMC hosts three-day workshop on advanced research methods, data analysis, and ethical use of AI

  • Technology Khabar
  • ८ श्रावण २०७९, आईतवार