ह्वाट्सएपको च्याट हिस्ट्री माइग्रेसन फिचर रोलआउट, यसरी गर्नुहोस् माइग्रेसन

  • Technology Khabar | ६ श्रावण २०७९, शुक्रबार
ह्वाट्सएपको च्याट हिस्ट्री माइग्रेसन फिचर रोलआउट, यसरी गर्नुहोस् माइग्रेसन

काठमाडौं ।

ह्वाट्सएपको च्याट हिस्ट्री एउटा अपरेटिङ सिस्टमबाट अर्को अपेरिटङ सिस्टममा माइग्रेसन गर्न सकिने भएको छ। महिनौंको परीक्षणपछि ह्वाट्सएपले एन्ड्रोइडबाट आईओएस र आईओएसबाट एन्ड्रोइड च्याट हिस्ट्री माइग्रेसन फिचर रोलआउट गरेको गीगचाइनाले उल्लेख गरेको छ।

यो सिस्टम रोलआउट हुनु अघिसम्म एउटा अपरेटिङ सिस्टमबाट अर्को अपरेटिङ सिस्टममा च्याट हिस्ट्री माइग्रेसन गर्न कठिन थियो। अब भने सजिलो भएको छ।

विगतमा प्रयोगकर्ताले आफ्नो च्याट हिस्ट्री एन्ड्रोइडबाट आईओएस र आईओएसबाट एन्ड्रोइडमा ट्रान्सफर गर्न तेस्रो एपको सहयोग लिनु पर्थ्यो। अहिले ह्वाट्सएपले विश्वभरमा एन्ड्रोइड टु आईओएस रोलआउट गरेको छ।

च्याट हिस्ट्री कसरी माइग्रेसन गर्ने

एन्ड्रोइड ५.० वा सोभन्दा माथि

आईओएस १५.५ वा सोभन्दा माथि

ह्वाट्सएप एन्ड्रोइड भर्सन २.२२.७.७४ वा सोभन्दा माथि

ह्वाट्सएप आईओएस २.२२.१९.९० वा सोभन्दा माथि

एन्ड्रोइड स्मार्टफोनमा स्विच टु आईओएस एप (डाउनलोड) इन्स्टल भएको हुनु पर्छ

दुवै डिभाइसमा समान मोबाइल नम्बर

एन्ड्रोइडबाट आईओएसमा माइग्रेसन आईफोन सेटमा मात्र गर्न सकिन्छ वा स्विच टु आईओएसमा जोड फ्याक्ट्री सेटिङ रिसेट गर्नुपर्छ

प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार