सामसङले १० अगष्टमा ग्यालेक्सी फोल्ड ४ र फ्लिप ४ सार्वजनिक गर्ने

  • Technology Khabar | ४ श्रावण २०७९, बुधबार
सामसङले १० अगष्टमा ग्यालेक्सी फोल्ड ४ र फ्लिप ४ सार्वजनिक गर्ने

काठमाडौं ।

सामसङले १० अगष्टमा ग्यालेक्सी फोल्ड ४ र फ्लिप ४ सार्वजनिक गर्ने भएको छ।

इभान ब्लासद्वारा साझा गरिएको प्रेस निमन्त्रणमा ग्यालेक्सी अनप्याकक्ड कार्यक्रम १० अगष्ट बुधबार तोकिएको छ।

जीएसमएरिनाका अनुसार उक्त दिन ग्यालेक्सी फोल्ड ४ र फ्लिप ४ सार्वजनिक गरिनेछ।

तर सामसङको तर्फबाट उक्त दिन कुन डिभाइस आधिकारिक रुपमा सार्वजनिक हुने भने जानकारी भने प्राप्त भएको छैन।

सोही दिन ग्यालेक्सी वाच ५ र वाच ५ प्रो सार्वजनिक गरिने पनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ४ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...