सौर्यमण्डलको सबैभन्दा तातो ग्रहमा अवतरणको तयारी गर्दै चीन

  • Technology Khabar | ४ श्रावण २०७९, बुधबार
सौर्यमण्डलको सबैभन्दा तातो ग्रहमा अवतरणको तयारी गर्दै चीन

काठमाडौं ।

चीनले सौर्यमण्डलको सबैभन्दा तातो ग्रह मध्येको एकमा ठूलो अभियानको तयारी गरिरहेको छ। हाम्रो सौर्यमण्डलमा सूर्यबाट दोस्रो स्थानमा रहेको यो ग्रहलाई सबैभन्दा चम्किलो ग्रह पनि भनिन्छ, जसमा चीनले अब आफ्नो नयाँ मिसन पठाउन चाहन्छ।

शुक्र ग्रहमा जान चीनले यसका लागि मिसन प्लान पनि तयार गरेको छ। चीनले यो मिसनमार्फत शुक्रको वायुमण्डलमा भइरहेको रासायनिक प्रक्रिया पत्ता लगाउनदेखि ग्रहको निर्माण प्रक्रियासम्म जान्न प्रयास गर्नेछ।

चीनले भेनस अर्थात शुक्र ग्रहको लागि तयारी गरिरहेको नयाँ मिसनलाई भेनस ज्वालामुखी इमेजिङ एण्ड क्लाइमेट एक्सप्लोरर (भ्वाइस/VOICE) नाम दिइएको छ।चीनले सन् २०२६ मा यो मिसन प्रक्षेपण गर्ने तयारी गरिरहेको छ।

सन् २०२७ मा चीनले शुक्र ग्रहमा पाइला राखिसकेको हुने बताइएको छ। चीनको राष्ट्रिय अन्तरिक्ष विज्ञान केन्द्रको प्रतिवेदनमा भनिएको छ, यसका लागि तयार भइरहेको अन्तरिक्ष यान गोलाकार ध्रुवीय कक्षमा ३५० किलोमिटरको उचाइमा घुम्नेछ, अर्थात् शुक्रको सतहबाट ३५० किलोमिटर उचाइमा उड्दै यसले ग्रहमा हुने थर्मल र रासायनिक प्रतिक्रियाहरूको प्रक्रिया ट्रेस गर्नेछ।

यसले वायुमण्डल र ग्रहको सतह बीचको प्रक्रियाहरू पनि ट्रेस गर्नेछ। त्यसैगरी यसले शुक्र ग्रहमा जीवनको सम्भावनाहरू पनि खोज्नेछ।

यसको भित्र प्रयोग गरिने विज्ञान उपकरण एस-ब्यान्ड पोलारिमेट्रिक सिंथेटिक एपर्चर राडार हुनेछ। यो राडारले शुक्रको वायुमण्डलमा रहेको बादलभन्दा बाहिरको सतह हेर्न सक्नेछ र सतहको नक्सा बनाउन सक्नेछ। यस बाहेक, एक मल्टिस्पेक्ट्रल इमेजर पनि मिसनमा लगिनेछ, जसले अल्ट्राभ्वाइलेट, देखिने किसिमको र नियर इन्फ्रारेड वेभलेन्थबाट पनि ग्रहलाई अवलोकन गर्न सक्षम हुनेछ।

चीनको यो मिसन चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनद्वारा सञ्चालित चन्द्रमा र ग्रह अन्वेषण मिसनभन्दा फरक छ। यसमा हाल चलिरहेको ताइवान १ मंगल मिशन, त्यसपछि योजनाबद्ध रहेको ताइवान २ नियर अर्थ एस्टेरोइड मिशन र मंगल नमूना फिर्ता मिशन समावेश छ। तर, मिसनको बजेट कति हुने र यसमा के–कस्ता प्रविधि प्रयोग गर्ने भन्ने टुंगो लागेको छैन ।

सेप्टेम्बर २०२० मा, शुक्र ग्रहमा जीवनको खोजको लागी एक तातो बहसको विषय बन्यो। वास्तवमा, २०२० को सेप्टेम्बरमा, शुक्रको वायुमण्डलमा एक रसायन पत्ता लागेको थियो, जुन पृथ्वीमा पनि जीवनको विकाससँग सम्बन्धित छ। यो रसायनलाई फोस्फिन भनिन्छ। यसैका कारण नासाले पनि शुक्र ग्रहमा तीनओटा मिसनहरूको घोषणा गरेको छ। अन्तरिक्ष वैज्ञानिकहरू अहिले पृथ्वी, मंगल र शुक्र ग्रह नजिकै रहेका दुवै ग्रहमा जीवनको सम्भावना खोज्न व्यस्त रहेको देखिन्छ।

प्रकाशित: ४ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार