
काठमाडौं ।
संसदीय विशेष छानबिन समितिले र्थ मन्त्रालयको सीसी क्यामरा रेकर्ड फोरेन्सिक ल्याबमा पठाउने बारेमा छलफल र योजना गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको समयमा करको दरहरुमा हेरफेर गरेको विवादित विषयमा छानबिन गरिरहेको समितिले सो दिनको अर्थ मन्त्रालयको सीसी क्यामरा रेकर्ड फोरेन्सिक ल्याबमा लाने तयारी भएको हो।
सो आरोपको बचाउ गर्दै तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए।
मन्त्रालयबाट सीसी क्यामराको हार्डडिक्स सहितको सबै प्राविधिक सामाग्री लिएको संसदीय विशेष छानबिन समितिले सो विषयको थप अनुसन्धानका लागि फोरेन्सिक ल्याबमा लाने विषयमा समेत छलफल र तयारी गरेको छ। समितिले सो सीसी क्यामराको हार्डडिक्स सहितको सबै प्राविधिक सामाग्रीको बारेमा अध्ययन र छानबिन गरिरहेको छ।
अहिलेको छानबिनबाट पार नलागे प्राविधिक फोरेन्सिक ल्याबमा लानुको विकल्प नभएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।
उनले टेक्नोलोजीखबरसँग भने,“अहिले नै फोरेन्सिक ल्याबमा पठाउने होइन, विज्ञान प्रविधि अनुसन्धान केन्द्रको कार्य र भोली बुधबार विहान हुने बैठकमा पूर्व सचिवहरु, अहिलेका सचिवसँगै उच्च पदस्थ कर्मचारीको बयानले निर्णयलाई वाधा गरेमा, सीसी क्यामरा रेकर्ड फोरेन्सिक ल्याबमा लानुको विकल्प छैन।”
छानबिन समितिले ८ दिन बिताइसक्दा पनि अर्थ मन्त्रालयका सचिवहरु, महानिर्देशक, सहसचिव, विभागका प्रमुख र अधिकृतहरूले निवर्तमान अर्थमन्त्री शर्माको गल्ती नभएको ‘एक मुख’ले बताएपछि समितिले पूर्व सचिवहरूसँग र अहिलेका कर्मचारीसँग भोली बुधबार बिहान बयान लिने तयारी भएको विशेष समिति सचिव अर्यालको दावी छ।
“चोर चोर भन्नेले बाटामा पैसा भेटेपछि खल्तीमा राख्ने, देख्नेले मेरो भनेर दाबी गर्ने, र कसैले भेट्ने वित्तिकै कसको हो भनेर जानकारी दिने र कोही नभेटे प्रहरी कार्यालयमा निवेदन सहित बुझाउने गर्छन्,” रमाईलो पारामा उनले उदाहरण दिँदै भने, “त्यसैले फरेन्सिक ल्याबमा पठाउने र प्रतिवेदन तयार पार्नेछौं।”
प्रकाशित: ३ श्रावण २०७९, मंगलवार