
काठमाडौं ।
नेपाल ईन्जिनियर्स एशोसिएसनले नेपाल दूरसञ्चार प्राधिकरणकी डेपुटी डाइरेक्टर रोजा किरण बाशुकलालाई ईन्जिनियर दिवस २०७९ को अवसर पारेर सम्मान गरेको छ।
बाशुकलालाई आज एक कार्यक्रमका बिच प्रधानमन्त्री शेरबहादुर देउवाले आउटस्ट्याण्डिङ्ग युथ प्रोफेशनल अवार्डबाट सम्मानित गरेका हुन्।
उनलाई ईन्जिनियरिङ्ग प्रविधि ज्ञान र सीपलाई पेशा संलग्नताको युवा उमेरमै बहुआयामिक क्रियाकलापमा संलग्न भई अन्य नवोदिन युवा ईन्जिनयरको लागि समेत प्रेरणाको स्रोत भएको भन्दै अवार्ड दिईएको एशोसिएसनले जनाएको छ।
स्मरणरहोस् उनी हालै आरएसटीसीएको २०२२ को सबैभन्दा प्रभावशाली व्यक्तिको लागि नोमिनेट भएकी छन्।
प्रकाशित: ३ श्रावण २०७९, मंगलवार