
काठमाडौं ।
ओला इलेक्ट्रिकले संसारको सबैभन्दा ठूलो ब्याट्री इनोभेसन सेन्टर बनाउने भएको छ। ओला इलेक्ट्रिकले नयाँ ईभी सेल रिसर्च एण्ड डेभलपमेन्ट सुविधा भारतको बैंगलोरमा निर्माण गरिरहेको छ।
ओला इलेक्ट्रिका सीईओ भाविश अग्रवालका अनुसार ५०० मिलियन अमेरिकी डलर लगानीमा संसारको सबैभन्दा ठूलो स्टेट-अफ-द-आर्ट ब्याट्री र इनोभेसन सेन्टर निर्माण भइरहेको छ।
आधुनिक रिसर्च सेन्टरमा ५०० इन्जिनियर र पीएचडी हासिल गरेका कर्मचारीले काम गर्ने ड्राइभस्पार्कले उल्लेख गरेको छ।
उक्त इनोभेसन सेन्टर अगामी महिना अर्थात अगष्ट २०२२ देखि शुरु गरिने उनले बताए। यस विषयको जानकारी दिँदै अग्रवालले ट्विटरमा भिडियो सेयर गरेका छन्। त्यसमा उनले आगामी इनोभेसन सेन्टरको विषयमा महत्वपूर्ण जानकारी दिएका छन्। जानकारीका अनुसार बैंगलोर स्थित यस इनोभेसन सेन्टर एसियाको सबैभन्दा ठूलो ईभी रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर हुनेछ।
उक्त इनोभेसन सेन्टरमा ईभी सेल अधिक दक्ष बनाइनुका साथै सेल डिजाइनमा अनुसान्धान र विकासको पनि काम गरिनेछ। ओलो इलेक्ट्रिकले केही दिन अघि स्वनिर्मित लिथियम–आयन सेल एनएमसी २१७ को बारेमा जानकारी दिएको छ। रिपोर्टका अनुसार ओलाले सन् २०२३ मा आफ्नो आगामी गिगाफ्याक्ट्रमा ठूलो परिमाणमा सेल उत्पादन गर्ने लक्ष्य लिएको छ।
ओलाको उक्त सेलको विशेषता भनेको इलेक्ट्रिक सवारीमा प्रयोग हुने साधारण लिथियम सेलको तुलनामा धेरै ऊर्जा भण्डारण गर्न सक्छ। उक्त सेलको लाइफ साइकल पनि धेरै रहेको कम्पनीको दावी छ।
प्रकाशित: ४ श्रावण २०७९, बुधबार