ओप्पो रेनो ८ लाई आईफोनसँग तुलना गर्दा ओप्पोको युट्युब च्यानल सस्पेन्स

  • Technology Khabar | ३ श्रावण २०७९, मंगलवार
ओप्पो रेनो ८ लाई आईफोनसँग तुलना गर्दा ओप्पोको युट्युब च्यानल सस्पेन्स

काठमाडौं ।

स्मार्टफोन ब्राण्ड ओप्पोले सोमबार असजिलोपनको सामना गर्नु परेको छ। ओप्पो रेनो ८ सिरिज स्मार्टफोन लन्च इभेन्टको लाइभ स्ट्रीमिङका क्रममा ओप्पो इन्डियाको आधिकारिक युट्युब च्यानल सस्पेन्स भएको जागरणले उल्लेख गरेको छ।

१८ जुलाई स्थानिय समय अनुसार साँझ ६ बजे ओप्पोको फ्ल्यागसिप स्मार्टफोन ओप्पो रेनो ८, ओप्पो रेनो ८ प्रो, ओप्पो प्याड एयर ट्याबलेट र टीडब्ल्यूएस इयरबड, ओप्पो एन्को एक्स २ लन्च गरिँदै थियो।

उक्त समय युट्युबको नियम उल्लंघनको आरोपमा ओप्पो इन्डियाको आधिकारिक युट्युब च्यानल बन्द भएको थियो।

युट्युबको टर्म अफ सर्भिस उल्लंघन गरेको आरोपमा ओप्पोको युट्युब च्यानलमा एक नोटिफिकेसन जारी गरेर च्यानल सस्पेन्स गरिएको थियो। उक्त घटनाको सम्बन्धमा कम्पनीको तर्फबाट कुनै जानकारी आएको छैन।

रिपोर्टका अनुसार ओप्पोले ओप्पो रेनो ८ सिरिज स्मार्टफोनको तुलना एप्पल आईफोनसँग गरिएको थियो। उक्त घटना पछि कम्पनीको च्यानल विरुद्ध उजुरी आएपछि सस्पेन्स गरिएको हो।

प्रकाशित: ३ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार