काठमाडौं ।
सामसङ ग्यालेक्सी ए२३ फाइभजी यूएस फेडरल कम्युनिकेसन कमिसन (एफसीसी) प्रमाणीकरण वेबसाइटमा देखा परेको छ। जसले सामसङ ग्यालेक्सी ए२३ फाइभजी छिट्टै सार्वजनिक हुन गइरहेको संकेत प्रदान गर्ने गिज्मोचाइनाले उल्लेख गरेको छ।
सामसङ स्मार्टफोन विभिन्न मोडल नम्बरहरुमा देखिएको छ। मोबाइल विभिन्न स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ।
यो मोबाइल बीआईएस भारत र गीकबेन्च लगायत अन्य प्रमाणीकरण वेबसाइटहरुमा पनि देखा परेको छ।
एफसीसी वेबसाइटमा सामसङ ग्यालेक्सी ए२३ फाइभजी तीन मोडल र स्टोरेज भेरियन्टमा देखिएको छ। फोनले २५ वाटको फास्ट चार्जिङ र ट्रिपल वा क्वाड क्यामरा हुनेछ। स्मार्टफोनले वाईफाइ र कनेक्टिभिटीका लागि २.४ गिगाहर्ज र ५ गिगाहर्ज सपोर्ट गर्छ। फोनमा ब्लूटूथ ५.० र एनएफसी छ।
फोनमा स्न्यापड्रागन ६९५ प्रोसेसर र ४ जीबी र्याम हुनेछ। स्मार्टफोन वानयूआई ४.१ स्किनमा आधारित एन्ड्रोइड १२ बाट सञ्चालन हुन्छ।
यस अघिको रिपोर्ट अनुसार फोनमा क्वाड रियर क्यामरा सेटअपमा मुख्य क्यामरा ५० मेगापिक्सल, ८ मेगापिक्सलको अल्ट्रा वाईड एंगल सेन्सर र दुई २ मेगापिक्सलको म्याक्रो र डेप्थ सेन्सर रहेको छ। भिडियो कल र सेल्फीका लागि १३ मेगापिक्सलको सेन्सर दिइएको छ।
प्रकाशित: २ श्रावण २०७९, सोमबार