सरकारी सेवाका लागि धेरै एप्स प्रयोग हुँदा समस्या, एकल नागरिक एप्स संचालन गर्न सुझाब

  • Technology Khabar | ३१ असार २०७९, शुक्रबार
सरकारी सेवाका लागि धेरै एप्स प्रयोग हुँदा समस्या, एकल नागरिक एप्स संचालन गर्न सुझाब

काठमाडौं ।

सरकारी सेवाहरु प्रयोगका लागि एउटै एकीकृत एप संचालन गर्न महालेखाले सुझाब दिएको छ।

महालेखापरीक्षककाअनुसार विभिन्न सेवाहरुका लागि फरक फरक एप्स संचालनमा हुँदा नागरिकहरुलाई कठिनाई भएको देखिन्छ ।त्यसैले एकल एप संचालनमा ल्याउन भनेको छ।

इन्टरनेटको सहजतासँगै सरकारी सेवाहरूलाई डिजिटल मैत्री प्रविधिमा रुपान्तरण गर्न सरकारका विभिन्न निकायले विभिन्न एप्लिकेशन विकास गरी प्रयोगमा ल्याएका छन्।

जसअन्तरगत स्वास्थ्यसम्बन्धी जानकारी गराउन हाम्रो स्वास्थ्य, करदाताको सूचनाको लागि आईआरडी एप, भन्सार सूचनाको लागि नेपाल कष्टम, कानुनसम्बन्धी जानकारीको लागि नेपाल ल एप, खरिदसम्बन्धी सूचनाको लागि ई.जी.पी.एप, वैदेशिक रोजगारीको लागि नेपाल काउन्सिलर, भिसासम्बन्धी जानकारीको लागि इमिग्रेशन एप, स्थानीय तहको जानकारीको लागि स्थानीय एप प्रयोगमा ल्याएका छन् ।

सरकारले बिटा भर्सनमा नागरिक एप्स पनि सञ्चालन गरेको छ। यसरी विभिन्न एप्लिकेसन डाउन लोड गरी युजर आई.डी.र पास वर्ड प्रयोग गर्नु पर्दा नागरिक सेवामा सहजता नआएको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ।

“एकल नागरिक एप्सबाट सबैमा पहुँच हुने नीतिगत निर्णय हुनसकेको छैन। सबै सरोकारवाला निकायसँग समन्वय गरी एकल नागरिक एप्सबाट यस्ता सूचनामा पहुँच हुने व्यवस्था मिलाउनुपर्दछ,” प्रतिवेदनमा भनिएको छ।

प्रकाशित: ३१ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार