रिम्याकद्वारा नेभेरा इलेक्ट्रिक हाइपरकारको उत्पादन शुरु

  • Technology Khabar | ३२ असार २०७९, शनिबार
रिम्याकद्वारा नेभेरा इलेक्ट्रिक हाइपरकारको उत्पादन शुरु

काठमाडौं ।

रिम्याकले नेभेरा इलेक्ट्रिक हाइपरकारको उत्पादन शुरु गरेको छ। वषौंको विकास पछि रिम्याकले इलेक्ट्रिक कार ल्याउन लागेको हो।

एक दशक अघि रिम्याकले कन्सेप्ट वानबाट विद्युतीय सवारीमा बेन्चमार्क सेट गरेको थियो।

कम्पनीले बिजुलीमा जान चाहने अटोमेकरहरुका लागि आपूर्तिकता र इन्जिनियरिङ फर्म बनने लक्ष्य लिएको थियो। तर आफ्नै इलेक्ट्रिक सवारी कार्यक्रममा भने पछि पर्न गयो।

सन् २०१८ मा रिम्याकले कन्सेप्ट २ सार्वजनिक गर्यो। जसबाट कम्पनी हाइपरकार उत्पादनको क्षेत्रमा पुन अग्रपंक्तिमा रहन सफल भयो।
उक्त अवधिको ४ वर्ष पनि कम्पनीले हाइपरकार उत्पादनमा ल्याउन लागेको हो।

यो कार छिट्टै बजारमा उपलब्ध हुने इलेक्ट्रेकले उल्लेख गरेको छ।
नेभेराले सिंगल चार्जमा ४६२ किलोमिटरको रेञ्ज प्रदान गर्नेछ। उक्त कारले १.८५ सेकेण्डमा ० देखि ९८ किलोमिटरको गति पकड्न सक्षम छ। चार इलेक्ट्रिक मोटरले करिब २ हजार हर्स पवार जेनेरट गर्छ।

प्रकाशित: ३२ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...