
काठमाडौं ।
अर्बपति बिल गेट्सले आफ्नो सम्पत्ति दान गर्ने कुरा पुन: दोहोर्याएका छन्।
उनले आफ्नो सम्पत्ति दान गर्दै विश्वकै धनी व्यक्तिको उपाधि छोड्ने पनि बताएका छन्।
माइक्रोसफ्टका सहसंस्थापक समेत रहेका गेट्सले हालै २० अर्ब डलर सम्पत्ति कल्याणकारी क्षेत्रमा दान दिने घोषणा गरेका हुन्।
विश्वकै चौथो धनाढ्य गेट्सले आफूले कमाएको सम्पत्ति समाजलाई फिर्ता गर्नु आफ्नो दायित्व रहेको बताएका छन्।
उनले पहिलो पटक सन् २०१० मा सम्पत्ति दान दिने बताएकामा त्यस यता उनको सम्पत्ति दोब्बर भइसकेको बीबीसीले उल्लेख गरेको छ।
As I look to the future, I plan to give virtually all of my wealth to the foundation. I will move down and eventually off of the list of the world’s richest people.
— Bill Gates (@BillGates) July 13, 2022
फोर्ब्सका अनुसार हाल उनको सम्पत्ति १ खर्ब १८ अर्ब डलर बराबरको रहेको छ भने बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेशनमार्फत् २० अर्ब डलर दान गरेपछि उक्त रकम ९८ अर्ब डलर हाराहारीमा झर्नेछ।
प्रकाशित: ३१ असार २०७९, शुक्रबार