
काठमाडौं ।
जाजरकोटमा पसल तोडफोड गरी चोरी गर्ने एक जना पक्राउ परेका छन् ।
नलगाड नगरपालिका–१२, तल्लुबगरमा रहेको पसल तोडफोड गरी सामान चोरी गरेको आरोपमा नलगाड नगरपालिका–१० का वीरबहादुर रावतलाई प्रहरीले पक्राउ गरेको हो।
असार १७ गते राति ११ बजे नलगाड नगरपालिका–१२, तल्लुबगरस्थित पसल तोडफोड गरेर विभिन्न कम्पनीका मोबाइल चोरी गरेको पसल मालिक भरतबहादुर माझीले बताए।
जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले वीरबहादुर रावतलाई असार २८ गते घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारेको बताइएको छ।
उनको घरबाट विभिन्न कम्पनीका मोबाइल आठ थान, पावर बैङ्क तीन थान, चार्जर आठ थान, एयरफोन तीन थान र एक हजार १४० रुपियाँ प्रहरीले बरामद गरिएको जनाइएको छ। गोरखापत्रबाट
प्रकाशित: ३१ असार २०७९, शुक्रबार