इसेवाबाट अब ब्रिटिस काउन्सिलको आइएलटिएसको शुल्क भुक्तानी गर्न सकिने

  • Technology Khabar | ३० असार २०७९, बिहीबार
इसेवाबाट अब ब्रिटिस काउन्सिलको आइएलटिएसको शुल्क भुक्तानी गर्न सकिने

काठमाडौं ।

ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ।

हालै इसेवा र ब्रिटिस काउन्सिलबीच भएको अनलाइन भुक्तानी सम्झौता बमोजिम ब्रिटिस काउन्सिलले लिने आइएलटिएस परिक्षाको शुल्क अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो।

अबदेखि आइएलटिएस परिक्षा दिने परिक्षार्थीले आफ्नो इसेवा खाताबाट सिधै रकम भुक्तानी गर्न सक्नेछन्। साथै नजिकै रहेका इसेवाको ऐजेन्ट नेटवर्कमार्फत समेत उक्त शुल्क भुक्तानी गर्न सकिनेछ।

कम्पनीकाअनुसार उक्त विद्युतिय भुक्तानी प्रबिधिले विद्यार्थीहरुलाई सहजता पुग्ने अपेक्षा गरिएको छ।

इसेवाले हाल ५७ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ।

प्रकाशित: ३० असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार