शाओमी १२टी फाइभजी टीकेडीएनमा देखियो, छिट्टै सार्वजनिक हुने

  • Technology Khabar | ३० असार २०७९, बिहीबार
शाओमी १२टी फाइभजी टीकेडीएनमा देखियो, छिट्टै सार्वजनिक हुने

काठमाडौं ।

शाओमीले एसियन बजारमा नयाँ फ्ल्यागसिप स्मार्टफोन ल्याउने भएको छ। शाओमी १२टी भर्खरै एसिया प्रमाणीकरण वेबसाइटमा देखा परेको छ।

जसले पनि शाओमी १२टी छिट्टै सार्वजनिक हुने संकेत गर्छ।

टिपस्टर मुकुल शर्माका अनुसार शाओमी १२टी फाइभजी टीकेडीएनमा देखा परेको छ। जुन इन्डोनेसियाली प्रमाणीकरण डाटाबेस हो।

यसले नयाँ हाई एण्ड स्मार्टफोन एसियाली बजारमा छिट्टै सार्वजनिक हुने संकेत गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

डाटाबेसमा फोनको फिचरहरु उल्लेख गरिएको छैन।

रिपोर्टका अनुसार शाओमी १२टी फाइभजीमा मिडियाटेक डाइमेनसिटी ८१०० अल्ट्रा चिपसेट हुनेछ। यो बाहेक उच्च एण्डको प्रो भेरियन्ट भने स्न्यापड्रागन ८प्लस जेन १ एसओसी राखिनेछ।

फोन ३ स्टोरेज भेरियन्ट ८ जीबी र्याम र १२८ जीबी स्टोरेज, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज तथा १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ।

फोनको डिस्प्ले १२० गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्छ। फोनमा एमआईयूआई १३ मा आधारित एन्ड्रोइड १२ अपरेटिङ सिस्टम हुनेछ।

स्मार्टफोनका अन्य विशेषतामा वाईफाई ८०२।११एएक्स, फाइभजी ९७ ब्याड०, ब्लुटुथ, जीपीएस र आईआर बाल्स्टर रहेका छन्।

प्रकाशित: ३० असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...