हजुर बुवाले पब्जी खेल्न नदिएको झोकमा युवकद्वारा ६ वर्षिय नाबालकको हत्या

  • Technology Khabar | २९ असार २०७९, बुधबार
हजुर बुवाले पब्जी खेल्न नदिएको झोकमा युवकद्वारा ६ वर्षिय नाबालकको हत्या

काठमाडौं ।

हजुर बुवाले पब्जी खेल्न नदिएको झोकमा एक युवकले ६ वर्षिय नाबालकको हत्या गरेका छन्। यो घटना भारतको उत्तर प्रदेशमा गत जूलाई ६ मा घटेको लाटिनटाइम्सले उल्लेख गरेको छ।

६ वर्षिय संस्कार यादवको निर्ममतापूर्वक हत्या गरेको आरोपमा प्रहरीले २० वर्षिय अरुण शर्मालाई पक्राउ गरेको छ। आरोपी शर्माले आफ्ना हजुरबुवा नरसिंश शर्मालाई हत्याको अभियोगमा फसाउनका लागि बालकको शव घर बाहिरको शौचालयमा गाडेका थिए।

हजुरबुवाले पब्जी खेल्न नदिने र गाली गर्ने गरेकाले अरुण हजुरबुवासँग रुष्ट रहेका थिए। हजुरबुवालाई हत्याको अभियोगमा फसाउनका लागि नाबालकको हत्या गरेको शर्माले स्वीकार गरेको न्यूज१८ले उल्लेख गरेको छ।

मृतक बालक पढ्नका लागि अरुणको घर आउने गथ्र्ये। घटनाको दिन संस्कार ट्यूसन कक्षा सकेर पनि घर नफर्केपछि आमाबुवाले उनको खोजी गरेका थिए। नरसिंहले उक्त दिन बालक आफ्नो घर नआएको जानकारी दिएपछि पीडित परिवारले प्रहरमिा उजुरी दिएका थिए।

संस्कार बेपत्ता भएको एक दिनपछि बिहीबार जुलाई ७ मा बालकको किताब तथा सामान शर्माको घर नजिकैको खेतमा छरिएको अवस्थामा फेला परेको थियो।

अधिकारीहरुले सामानहरु खोजी गर्दा संस्कारको सुरक्षित फिर्ताका लागि ५० लाख भारु फिरौती माग गरिएको पत्र पनि फेला पारिएको थियो।

पत्र लेख्ने व्यक्ति पत्ता लगाउने अधिकारीहरुले संदिग्धहरुबाट हस्तलेखनको नमूना लिएका थिए। उक्त पत्रको हस्तलेखन अरुण शर्मासँग मिलेकाले उनलाई तत्कालै सोधपुछका लागि हिरासतमा लिइएको थियो।

सोधपुछको क्रममा अरुणले संस्कारको कक्षा सकिएपछि अपहरण गरेको र उनको घाँटी थिचेर हत्या गरेको स्वीकार गरे।

संस्कारलाई चिच्याउनबाट रोक्नका लागि उनको ओठमा टेप टाँसिदिएको र शव घरबाहिरको शौचालयमा गाँडेको अरुणले बताए। हत्याको आरोप आफ्नो हजुरबुवालाई लगाउने अरुणको योजना थियो।

अनलाइन गेम खेल्न नदिने र बारम्बार गाली गर्ने भएकाले हजुरबुवालाई हत्याको आरोपमा फसाउनका लागि अरुण जघनिय अपराध गर्न आकर्षित भएका हुन्।

प्रकाशित: २९ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार