महँगियो टाटा नेक्सन ईभी

  • Technology Khabar | २९ असार २०७९, बुधबार
महँगियो टाटा नेक्सन ईभी

काठमाडौं ।

टाटा नेक्सन ईभी भारतमा सर्वाधिक बिक्री हुने विद्युतीय कार मध्ये एक हो।

नेपालमा पनि टाटा नेक्सन इभीको लोकप्रियता बढ्दो क्रममै छ। टाटाले प्यासेन्जर सेग्मेन्ट ईभीमा नेक्सन र टिगोर बिक्री गर्दै आइरहेको छ।

कम्पनीले २०२२ जुनसम्म ३ हजार ५०७ थान ईभी बिक्री गरेको रसलेनले उल्लेख गरेको छ।

जुलाईका लागि कम्पनीले टाटा नेक्सन ईभीको मूल्य बढाएको छ। रिपोर्टका अनुसार टाटा नेक्सन ईभीको मूल्य ६० हजार भारुसम्मले वृद्धि भएको छ।

टाटाको चर्चित इलेक्ट्रिक कार दुई मोडल नेक्सन ईभी र नेक्सन ईभी म्याक्समा उपलब्ध छ। नेक्सन ईभी पाँच भेरियन्ट र नेक्सन ईभी म्याक्स चार भेरियन्टमा उपलब्ध छ।

यस्तो छ नेक्सन इभीको मूल्य सूची

स्रोत रसलेन: मूल्य भारु

प्रकाशित: २९ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...