
काठमाडौं ।
दूरसञ्चार सेवा प्रदायकहरुले ग्राहकको सुविधाका लागि विभिन्न प्याक (अफर)हरु उपलब्ध गराउँदै आएका छन्। ग्राहकहरुलाई पनि प्याक लिएर इन्टरनेट चलाउँदा तथा फोन कल गर्दा सस्तो पर्छ।
खरिद गरिएको प्याकको आधारमा ग्राहकले आवश्यकताको आधारमा इन्टरनेट तथा फोन कल गर्न सक्छन्। प्याक नलिइ इन्टरनेट तथा फोन कल गर्दा ब्यालेन्स नै पुरै सकिने लगायतको समस्याहरु आउने गर्छन्। ग्राहकले आफूसँग भएको ब्यालेन्स र आवश्यकताको आधारमा प्याक लिन सक्छन्।
यसका लागि दूरसञ्चार सेवा प्रदायकहरुले विभिन्न समय विभिन्न अफर तथा रेगुलर अफरहरु पनि ल्याउने गरेका हुन्।
ठूलो भोल्युमको प्याक लिँदा धेरै सुविधा प्राप्त गर्न सकिन्छ। त्यसले गर्दा सस्तो मूल्यको प्याकमा भन्दा पनि ठूलो भोल्युमको प्याकमा आकर्षित हुन्। दूरसञ्चार सेवा प्रदायकहरुले प्याक उपयोग गर्ने निश्चित समयअवधि तोकेका छन्। तोकिएको अवधिमा प्याक प्रयोग गरे वा नगरे पनि त्यो स्वत: निस्क्रिय हुन्छ।
हामीमध्ये धेरै उपयोक्तालाई पुनः नयाँ प्याक खरिद गर्दा पहिला बाँकी रहेको प्याकको भोल्युम पून नविकरण गर्न सकिने सुविधा भइदिए हुन्थ्यो जस्तो लाग्छ। ग्राहकको यस्तै चाहना पूर्ति गर्नका लागि एनसेल आजियाटा लिमिटेडले हालसालै नयाँ प्याक ल्याएको छ।
एनसेल आजियाटाले पुरानो भोल्यूम जोडिने नयाँ ग्राहकमैत्री प्याक ल्याएको हो। कम्पनीले ‘डबल मजा प्याक’ नाममा नयाँ अफर ल्याएको छ। यस अफरले ग्राहकलाई रु. १२५ पर्ने डाटा प्याक पुनःखरिद गरि आफ्नो डाटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डाटा सेवाको फाइदा लिन प्रोत्साहन गर्दछ।
यसको अर्थ यदि ग्राहकहरुले ७ दिनको समयसीमा रहेको ५ जीबी डाटा कर सहित रु १२५ मा खरिद गर्छन् र प्याकको समयसीमा सकिनु भन्दा पहिले नै सो प्याक पुनःखरिद गर्दछन् भने उही शुल्कमा अब ५ जीबीको सट्टामा १० जीबी डाटा प्राप्त गर्नेछन्।

समयावधि सकिनु अघि नै नयाँ प्याक लिएमा डाटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिँदै जाने यस अफरको विशेषता हो । उदाहरणका लागि यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुनः खरिद गरेमा नयाँ १० जीबी उसको बाँकी डाटा भोल्युममा जोडिन्छ र समय सीमा पनि बाँकी रहेको ४ दिन सहित ११ दिन हुन्छ। जसले ग्राहकहरुलाई फाइदामा नै दिन्छ।
प्याक आवश्यकताअनुसार जति पटक पनि पुनःखरिद गर्न सकिने छ भने कुल अधिकतम समयसीमा २८ दिन रहने छ।
आफ्नो डाटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डाटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबलमज्जा प्याकले ग्राहकलाई ठूलो महत्व राख्दछ। यसले हरेक पटक ठूलो मात्रामा डाटा चलाउने ग्राहकहरु अनलाइन गेम खेल्ने युवा जमातलाई एकै पटकमा डबल फाइदा समेत दिनेछ।
तपाईँले यस अफर अन्तर्गत एनसेलको डाटा सेवाको फाइदा जहाँ र जहिले पनि लिन सक्नुहुनेछ।
त्यसो भए के छ त विचार ? एनसेलको नयाँ डबल मजा प्याक लिने हैन त्।
डबल मजा प्याक लिन एनसेलका ग्राहकले एस्ट्रिक१७१२३एस्ट्रिक्स२२ह्यास डायल गरि यो प्याक सजिलै सुचारु गर्न सक्छन भने एनसेल एप, एनसेलको वेभसाइट र इसेवा, खल्ती, आइएमइपे जस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सक्छन्।
आजै यो प्याक लिनुहोस् तपाईँ पनि यसको अनुभव गर्नुहोस् । नयाँ प्याकमार्फत कति फाईदामा पर्नुभयो भनेर हामीलाई कमेन्टमा लेख्नुहोस्।
यसरी गर्नुस् एक्टिभ:-
प्रकाशित: ३१ असार २०७९, शुक्रबार