
काठमाडौं ।
एनएमबिले बिदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीको लागी फ्लाईवायर कर्पोरेशनसँग द्विपक्षीय समझदारी गरेको छ।
यो समझदारी सँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्वभरका १,७०० भन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीको लागी नेपालको एकमात्र बैंक भएको छ।
नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाईवायरमार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागी कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन्।
एनएमबि बैंक र फ्लाईवायरले संगसंगै अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीको लागी एक नयाँ प्रकारको उच्च डिजिटल प्रविधियुक्त सेवा प्रदान गर्दैछन्।
“फ्लाईवायरसँगको सहकार्यले हामी ग्राहकहरुको लागी विभिन्न जोखिमहरु हटाई एक सुव्यवस्थित भुक्तानी प्रदान गर्ने लक्ष्य राख्दछौं। हामी विश्वस्त छौं कि यो साझेदारी हाम्रो मूल्यवान ग्राहकहरुको लागी अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीको लागी एकद्वार समाधानको श्रोतले गर्दा महत्वपूर्ण हुनेछ।” एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने।
“हाम्रा अष्ट्रेलिया, अमेरिका, क्यानाडाका र अन्य सबै ग्राहकहरुले पनि नेपालबाट अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई अझ सरल भुक्तानी माध्यमको लागी सोधिरहेको सन्दर्भमा हामी एक अद्वितीय भुक्तानी सुविधा प्रदान गर्न एनएमबि बैंकसँग समझदारी गर्न उत्साहित छौं।” ग्लोबल एजुकेशन, फ्लाईवायरका ईभीपी शेरोन बटलरले भने।
प्रकाशित: २७ असार २०७९, सोमबार