
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालमा ३ अर्ब रुपैयाँ बराबरको क्यामरा आयात भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा जेठ महिनासम्म ३ अर्ब करोड ६१ लाख रुपैयाँ बराबरको क्यामरा आयात भएको देखिएको हो।
गत वर्ष सोही अवधिमा १ अर्ब ९८ करोड ७१ लाख रुपैयाँ बराबरको क्यामरा आयात भएको थियो।
चीनबाट २ अर्ब ५६ करोड ६४ लाख र अन्य मुलुकबाट ७४ करोड ९७ लाख रुपैयाँ बराबरको क्यामरा आयात भएको हो। गत वर्षको सोही अवधिमा चीनबाट १ अर्ब ४५ करोड ८८ लाख र अन्य मुलुकबाट ५२ करोड ८३ लाख रुपैयाँ बराबरको क्यामरा आयात भएको थियो।
चालु आवमा क्यामराको आयात १ अर्ब १ करोड ९० लाख रुपैयाँले बढेको हो।
प्रकाशित: २७ असार २०७९, सोमबार