हाई भोल्टेजले उचाल्यो पब्जी मोबाइल नेपाल इस्पोर्ट च्याम्पियनशिप २०२२ को उपाधी

  • Technology Khabar | २६ असार २०७९, आईतवार
हाई भोल्टेजले उचाल्यो पब्जी मोबाइल नेपाल इस्पोर्ट च्याम्पियनशिप २०२२ को उपाधी

काठमाडौं ।

पब्जी मोबाइल नेपाल इस्पोर्ट च्याम्पियनशिपको उपाधी हाई भोल्टेज (एचभी)ले जितेको छ। एचभीले कुल ६ खेलमा १३२ अंक हात पार्दै उपाधी जितेको हो।

एचभीले कुल ६ खेलमध्ये ३ वटा खेलमा चिकेन डिनर (प्रथम) स्थान ओगट्न सफल भएको थियो। एचभीले ६७ अंक इलिमिनेसन र ६५ अंक प्लेसमेन्टबाट प्राप्त गरेको छ।

दोस्रो स्थानमा रहेको डीआरएसले ८१ अंक हासिल गरेको छ। डीआरएसले खेल अवधिभर एक चिकेन डिनर लिएको थियो। डीआरएसले ३५ इलिमिनेसन र ४६ प्लेसमेन्ट अंक प्राप्त गरेको छ।

एउटा पनि चिकेन डिनल लिन नसके पनि डीई तेस्रो स्थानमा रहन सफल भएको छ। डीईले ३७ इलिमिनेसन र ३५ प्लेसमेन्ट अंकसहित कुल ७२ अंक जोड्न सफल भएको हो।

जेएम ६०, टी२के ५२, ई९ ५०, ईएक्स ४७, एसजी ४१ र बीओबी ३३ अंकसहित चौथो देखि नवौं स्थानमा रहन सफल भएका छन्।

यस्तै पीवाईआरओ ३२, काउब्वाई २९, किरा २४, एफआरजेड २१, ग्रोजा र एलईडी १७/१७ अंक र डीटीडी ११ अंक सहित क्रमस १० औं देखि १६ औं स्थानमा रहन सफलभ भएका छन्।

प्रकाशित: २६ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार