पहिलो त्रैमासमा चिपसेट शिपमेन्टमा टीएसएमसीको पकड ७० प्रतिशत

  • Technology Khabar | २४ असार २०७९, शुक्रबार
पहिलो त्रैमासमा चिपसेट शिपमेन्टमा टीएसएमसीको पकड ७० प्रतिशत

काठमाडौं ।

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीले यो वर्षको पहिलो त्रैमासमा चिप शिपमेन्टको ७० प्रतिशत हिस्सा ओगटेको छ।

हालै काउन्टरप्वाइन्ट रिसर्चले जारी गरेको रिपोर्ट अनुसार टीएसएमसी जनवरिदेखि मार्चसम्मको तीन महिनाको अवधिमा विश्वकै सेमिकन्डक्टर उत्पादकको सूचीमा अग्रणी स्थानमा रहेको पाइएको छ।

जीएसएमएरिनाका अनुसार एप्लिकेशन प्रोसेसर, सिस्टम अन चिप तथा स्मार्टफोनको चिपमा प्रयोग हुने सेलुलर मोडममा टीएसएमसीको ७० प्रतिशत हिस्सा रहेको थियो।

टीएसएमसीपछस सामसङ फाउण्ड्री ३० प्रतिशत बजार हिस्सासहित दोस्रो नम्बरमा रहेको पाइएको छ।

यो अवधिमा विश्व स्मार्टफोन चिप बजारमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा शिपमेन्टको सङ्ख्यामा ५ प्रतिशतले गिरावट आएको तर आम्दानी भने २३ प्रतिशतले वृद्धि भएको पाइएको छ।

वार्षिक हिसाबले हेर्दा भने टीएमएमसीका चिपसेटमा ९ प्रतिशतले गिरावट आएको पाइएको छ। यो अवधिमा स्मार्टफोन चिपसेट नोडका क्षेत्रमा सामसङ ६० प्रतिशत हिस्सासहित अग्रणी स्थानमा रहेको छ।

प्रकाशित: २४ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २४ असार २०७९, शुक्रबार