आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढ्दो: आईबीएम

  • Technology Khabar | २४ असार २०७९, शुक्रबार
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढ्दो: आईबीएम
सांकेतिक/फाइल तस्बिर्

काठमाडौं ।

विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढिरहेको छ।

आईबीएम अन्तर्गतको मर्निङ कन्सल्टले गरेको अनलाइन अनुसन्धान अनुसार २०२१ को तुलनामा ४ प्रतिशतले बढेर हाल एआईको प्रयोग विश्वभरमा ३५ प्रतिशत पुगेको छ।

एआई परिचालन गर्नेमा ५८ तथा ५७ प्रतिशतसहित चीन तथा भारत अग्रपंक्तिमा रहेका उक्त अनुसन्धानले देखाएको छ।

यसैगरी क्यानडामा २८, बेलायतमा २५ र अमेरिका तथा दक्षिण कोरियामा २२-२२ प्रतिशत रहेको डिजिटाइम्सले उल्लेख गरेको छ।

उक्त संस्थाले नमूना छनोट गरेकामध्ये २८ प्रतिशतले सबै क्षेत्रमा एआई रणनीति अपनाएका छन् भने २५ प्रतिशतले विशेष क्षेत्रमा र ३७ प्रतिशतले भने एआई रणनीति बनाउँदै गरेका पाइएको छ।

क्लाउड कम्प्युटिङका हिसाबले ४३ प्रतिशतले प्राइभेट क्लाउड, ३२ प्रतिशतले हाइब्रिड वा मल्टिपल क्लाउड तथा १३ प्रतिशतले सार्वजनिक क्लाउडका साथै ८ प्रतिशतले कार्यस्थलमै सर्भर राखेको पाइएको छ।

प्रकाशित: २४ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार