थेरानोसका कार्यकारी रमेश बलवानीमाथि ठगी गरेको आरोप

  • Technology Khabar | २४ असार २०७९, शुक्रबार
थेरानोसका कार्यकारी रमेश बलवानीमाथि ठगी गरेको आरोप

काठमाडौं ।

थेरानोसका कार्यकारी रमेश सन्नी बलवानीमाथि कम्पनीकी संस्थापक एलिजाबेथ होम्ससँग मिलेर लगानीकर्ताहरुलाई ठगी गरेको आरोप पुष्टि भएको छ।

उनले बारम्बार थेरानोस कम्पनीमा एक थोपा रगतबाट सयौं रोग पत्ता लगाउने उपकरण रहेको झूटो प्रचार गरेको पुष्टि भएको छ।

थेरानोसकी होम्समाथि गत जनवरीमा एउटा फरक सुनुवाईका क्रममा उक्त आरोप लागेको र उनले सो आरोप बलवानीमाथि थोपरेकी थिइन्।

३८ वर्षीया होम्स र ५७ वर्षीय बलवानीलाई आगामी शरद ऋतुमा सजाय सुनाइने बीबीसीले उल्लेख गरेको छ।

उक्त घटनामा होम्समाथि २० वर्ष जेल सजाय तोकिएको छ भने हाल जमानतमा रहेकी छिन्। बलवानीमाथि पनि २० वर्ष जेल सजाय तथा पीडितहरुलाई लाखौं डलर जरिबाना तिर्नुपर्ने हुन सक्छ।

थेरानोसको सम्पत्ति कुनै बेला ९ अर्ब डलरसम्म रहेको थियो र यसले रगत परीक्षणमा आधारित रोग पत्ता लगाउने झूटो प्रविधिको प्रचार गरेको थियो।

अलग अलग १२ ओटा आरोप लागेका बलवनीमाथिको उक्त फैसला क्यालिफोर्नियाको सान होजेमा रहेको अदालतमा पाँचौं दिनको सुनुवाईका क्रममा सुनाइएको थियो।

प्रकाशित: २४ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार