
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले देशमा घरेलु उपकरणको उत्पादन बढाउन मेक्सिकोमा ५० करोड डलर लगानी गर्ने भएको छ।
सामसङले देशभित्र होम अप्लायन्सको उत्पादन बढाउन लगानी गर्ने मेक्सिकोका विदेशमन्त्री मार्सेलो इब्रार्डले जानकारी दिएका हुन्।
ट्विटरमा इब्रार्डले भने, लगानी उत्तरी सीमाना शहर टिजुआना र मध्य मेक्सिकोको क्वेरेटारोमा हुनेछ।’
उनले कम्पनीका प्रमुख कार्यकारी हान जोङ–हीसँग भेट गरेको बताएका छन्।
प्रकाशित: २४ असार २०७९, शुक्रबार