महालेखा नियन्त्रकको भुक्तानी प्रणाली आइतबारदेखि बन्द

  • Technology Khabar | २३ असार २०७९, बिहीबार
महालेखा नियन्त्रकको भुक्तानी प्रणाली आइतबारदेखि बन्द

काठमाडौं ।

महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द हुने जनाएको छ।

कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्यालयलाई भुक्तानी प्रणाली बन्द हुने जानकारी गराएको हो ।

महालेखा नियन्त्रक टीएसए, सीजीएएस र सुत्र प्रणाली सोही नियमावलीअनुसार बन्द हुने भएका हुन्।

नियमावलीअनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि भुक्तानी निकासा बन्द गर्नुपर्नेछ। त्यसअघि नै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गर्नुपर्ने नियमावलीमा उल्लेख छ।

नियमावलीअनुसार विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकमबाहेक भुक्तानी दिनुपर्ने अन्य रकमको भुक्तानी भने बन्द गर्नुपर्नेछ।

प्रकाशित: २३ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार