बेलायती नियामकले माइक्रोसफ्ट-एक्टिभिजन सम्झौतामाथि छानबिन गर्ने

  • Technology Khabar | २३ असार २०७९, बिहीबार
बेलायती नियामकले माइक्रोसफ्ट-एक्टिभिजन सम्झौतामाथि छानबिन गर्ने

काठमाडौं ।

बेलायतको प्रतिस्पर्धाविरोधी नियामकले माइक्रोसफ्ट कर्पले एक्टिभिजन ब्लिजार्ड किन्न गरेको ६८.७ अर्ब डलरको सम्झौताको छानबिन गर्ने भएको छ।

कम्पिटिशन एन्ड मार्केट अथोरिटी सीएमए नामक उक्त संस्थाले माइक्रोसफ्ट तथा एक्टिभिजन ब्लिजार्डबिचको सम्झौताले बेलायतमा प्रतिस्पर्धा घटाउँछ कि घटाउँदैन भन्नेबारे पहिलो चरणको निर्णय दिन आगामी सेप्टेम्बर १ सम्मको समय तोकेको छ।

सीएमएको पहिलो चरणको छानबिनले उक्त सम्झौता टुंग्याउने वा अझ गहन छानबिनमा लैजानेमध्ये एउटा बाटो खोल्ने रोयटर्सले उल्लेख गरेको छ।

यस सम्बन्धमा माइक्रोसफ्ट वा एक्टिभिजन ब्लिजार्डमध्ये तत्काल कसैले पनि टिप्पणी नगरेको बताइएको छ।

इतिहासकै सबैभन्दा ठूलो गेमिङ उद्योगको सम्झौताका रुपमा हेरिएको यो किनबेचका लागि माइक्रोसफ्टले गत जनवरीमा प्रस्ताव गरेको थियो।

रिफिनिटिभ डाटाका अनुसार माइक्रोसफ्ट-एक्टिभिजन सम्झौता हालसम्मकै कीर्तिमानी आकारको नगद कारोबार भएको पनि रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २३ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार