साइबर ब्युरोलाई बलियो बनाउन कोरियाले दियो ८० लाख डलर

  • Technology Khabar | २२ असार २०७९, बुधबार
साइबर ब्युरोलाई बलियो बनाउन कोरियाले दियो ८० लाख डलर

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्युरोलाई बलियो बनाउन दक्षिण कोरियाले गरेको करिब ८० लाख डलर अर्थात एक अर्ब सहयोग सरकारले स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले दक्षिण कोरियाको सो सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले प्रहरीको क्षमता विकास सहितको साइबर ब्युरो स्थापनाका लागि सहयोग स्वीकार गरेको बताए।

कोरिया सरकारले नेपाल प्रहरीको साइबर ब्युरोका लागि प्रविधि, उपकरणसहितको सहयोग उपलब्ध गराउने बताइएको छ।

प्रकाशित: २२ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार