अमेजफिट बिप ३ प्रो भारतमा सार्वजनिक हुँदै

  • Technology Khabar | २३ असार २०७९, बिहीबार
अमेजफिट बिप ३ प्रो भारतमा सार्वजनिक हुँदै

काठमाडौं ।

चिनियाँ स्मार्ट वेयरेबल ब्राण्ड अमेजफिटले आफ्नो बिप ३ प्रो भारतमा सार्वजनिक गर्ने भएको छ।

कम्पनीले गत जुनमा यो डिभाइसको भ्यानिला भेरियन्ट अमेजन इण्डियामा उपलब्ध गराएको थियो। अब भने यसको प्रो भर्सन उपलब्ध हुने भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

समाचारका अनुसार अमेजफिट बिप ३ प्रो आगामी जुलाई ७ बिहीबारका दिन फ्लिपकार्टमा ४ हजार भारु मूल्यमा उपलब्ध गराइने भएको छ।

यसअघि आएको बिप ३ मोडलको शुरुवाती मूल्य ३ हजार भारु रहेको थियो र पछि ३ हजार ५ सय बनाइएको थियो।

यी दुवैका खुद्रा मूल्य ६ हजार तथा ५ हजार भारु भए पनि स्टक रहुन्जेलसम्म यो छुट मूल्यमा उपलब्ध गराइने जीएसएमएरिनाले जनाएको छ।

प्रकाशित: २३ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

घरघरमा पुर्याउन थालियो राहदानी

  • Technology Khabar
  • २३ असार २०७९, बिहीबार