यूबीसफ्टले अपडेटेड ‘स्कल एण्ड बोन्स’ गेम प्ले सार्वजनिक गर्ने

  • Technology Khabar | २२ असार २०७९, बुधबार
यूबीसफ्टले अपडेटेड ‘स्कल एण्ड बोन्स’ गेम प्ले सार्वजनिक गर्ने

काठमाडौं ।

यूबीसफ्टले अपडेटेड ‘स्कल एण्ड बोन्स’ गेम प्ले सार्वजनिक गर्ने भएको छ।

वषौंको ढिलाईपछि यूबीसफ्टले स्कल एण्ड बोन्स सार्वजनिक गर्न लागेको हो।

कम्पनीले ओपन वर्ल्ड मल्टिप्लेयर पाइरेट गेम जुलाई ७ मा सोकेस  गर्ने योजना बनाइएको इन्ग्याजेटले उल्लेख गरेको छ।

उक्त कार्यक्रम यूट्युब र ट्विचमा लाइभ स्ट्रिम गरिनेछ।

उक्त कार्यक्रम मार्फत् कम्पनीले ‘स्कल एण्ड बोन्स सार्वजनिक गर्ने मिति घोषणा गर्ने विश्वास लिएको इन्ग्याजेटले उल्लेख गरेको छ।

यूबीसफ्टले सर्वप्रथम सन् २०१७ मा स्कल एण्ड बोन्स गेमको घोषणा गरेको थियो। यो गेमलाई सन् २०१८ मा सार्वजनिक गर्ने योजना बनाएको थियो।

यसलाई २०१९, २०२०, २०२१ हुँदै अन्यमा २०२२ मा आएर सार्वजनिक गर्न लागिएको हो।

सन् २०२० मा गेमका क्रियटिभ डाइरेक्टर एलिजाबेथ पेलेनले भर्सन परिवर्तन गर्दा ढिलाई भएको बताएका थिए। स्कल एण्ड बोन्सको मूल आधार सरल थियो।

प्रकाशित: २२ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार