टिकटक र बाइटडान्समाथि छानबिन गर्न अमेरिकी सिनेटरको माग

  • Technology Khabar | २२ असार २०७९, बुधबार
टिकटक र बाइटडान्समाथि छानबिन गर्न अमेरिकी सिनेटरको माग

काठमाडौं ।

अमेरिकी सिनेटको इन्टेलिजेन्स कमिटीका अध्यक्ष एवं वरिष्ठ रिपब्लिकन सभासदले एफटीसीलाई टिकटकमाथि छानबिन गर्न आग्रह गरेका छन्।

उनले अमेरिकी यूजरको संवेदनशील डाटा कसरी प्रयोग गर्छ भन्ने सम्बन्धमा धेरै पटक गलत व्याख्या भएकाले टिकटक र उसको चिनियाँ मूल कम्पनी बाइटडान्समाथि छानबिन गर्न माग गरेका हुन्।

उक्त आग्रह मंगलबार मार्क वार्नर तथा मार्को रुबियोले गरेका हुन्। उनीहरुले केही समयअघि बजफीडले चीनमा रहेका टिकटकका इन्जिनीयरहरुलाई अमेरिकी संवेदनशील डाटामा पहुँच राख्न सघाएको आरोपसहितको समाचार छापेपछि उक्त आग्रह गरेका हुन्।

ती सिनेटरहरुले यस्तो पहुँचले टिकटकले सबै डाटा सुरक्षित रहन्छ भनेर गरेको दावीमाथि प्रश्नचिह्न खडा गर्ने बताएका छन्।

‘टिकटकले डाटा सुरक्षा, प्रशोधन तथा कर्पोरेट शासनका व्यवहार सम्बन्धी बारम्बार गलत व्याख्या गरेकोले हामी यस सम्बन्धमा तत्काल कदम चालियोस् भन्ने आग्रह गर्दछौं’, ती सिनेटरले एफटीसीका अध्यक्ष लिना खाललाई लेखेका छन्।

प्रकाशित: २२ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...