
काठमाडौं ।
एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ्ग नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ।
यस सुविधा मार्फत यस बैंकका ग्राहक महानुुभावहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी मोब्यांक एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ्ग सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ।
यसअघि बैंकले एनसेलको नेटवर्कमा पनि मोबाइल बैंकिङ्ग एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ्ग जस्ता सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ । अब नेपाल टेलिकम र एनसेलको निःशुल्क डाटा सुविधाको प्रयोग गरी यस बैंकका ग्राहकहरुले विभिन्न सेवाहरू उपभोग गर्न सक्ने जनाएको छ।
एनआईसी एशिया मोब्यांक अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानी, ई कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाईलगायतका सुविधाहरू सहज रुपले निःशुल्क लिन सक्नेछन्।
साथै, एनआईसी एशिया मोब्यांक मार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयरमा आवेदन दिन सकिने छ। त्यसैगरी एनआईसी एशिया मोब्यांक प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा (कार्डलेस विथड्रल) को प्रयोग गर्न सक्ने जनाएको छ।
प्रकाशित: १७ असार २०७९, शुक्रबार