सिमेन्स र एनभिडियाबिच औद्योगिक मेटाभर्स इनेबल गर्ने सहमति

  • Technology Khabar | १७ असार २०७९, शुक्रबार
सिमेन्स र एनभिडियाबिच औद्योगिक मेटाभर्स इनेबल गर्ने सहमति

काठमाडौं ।

सिमेन्स र एनभिडियाबिच औद्योगिक मेटाभर्स इनेबल गर्ने विषयमा सहमति भएको छ।

यसबाहेक यी दुई कम्पनीले औद्योगिक अटोमेशनलाई नयाँ उचाईमा पुर्याउन एआईमा आधारित डिजिटल ट्विन प्रविधिको प्रयोग बढाउने डिजिटाइम्सले उल्लेख गरेको छ।

यी दुईले शुरुवातमा खुला डिजिटल व्यापार प्लेटफर्म सिमेन्स एक्सलरेटर तथा थ्रीडी डिजाइन तथा सहकार्य प्लेटफर्म एनभिडिया ओम्निभर्सलाई एक आपसमा जोड्नेछन्।

यसले एउटा औद्योगिक मेटाभर्सलाई सिमेन्सको भौतिक विज्ञानमा आधारित डिजिटल मोडल तथा एनभिडियाको रियल टाइम एआईलाई इनेबल गर्न सहयोग पुर्याउनेछ।

सिमेन्स एक्सलरेटरमा ओम्निभर्स जोडिएपछि बन्ने साझेदार इकोसिस्टमले डिजिटल ट्विनको प्रयोगलाई बढाउने र यसबाट उत्पादन तथा वस्तुको जीवनचक्रमा प्रक्रियागत सुधार ल्याई उत्पादकत्व बढाउने डिजिटाइम्सले उल्लेख गरेको छ।

सबै आकारका कम्पनीहरुले डिजिटल ट्विनलाई रियल टाइम पर्फर्मेन्स डाटासहित प्रयोग गर्न, नवीनतम औद्योगिक आईओटी सिर्जना गर्न, विश्लेषकहरुबाट एज वा क्लाउडमा उपयोगी जानकारी लिन तथा भविष्यमा आउने इन्जिनीयरिङ चुनौतीहरुलाई सामना गर्नका लागि प्रयोगमा ल्याउन सक्ने बताइएको छ।

प्रकाशित: १७ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...