विश्व बजारमा घट्यो स्मार्टफोनको बिक्री

  • Technology Khabar | १६ असार २०७९, बिहीबार
विश्व बजारमा घट्यो स्मार्टफोनको बिक्री

काठमाडौं ।

विश्व बजारमा स्मार्टफोनको बिक्री घटेको छ। गिज्मोचाइनाका अनुसार सन् २०२१ मेको तुलनामा सन् २०२२ को मेमा स्मार्टफोनको बिक्री १० प्रतिशत र चालु वर्षको अप्रिलको तुलनामा मेमा ४ प्रतिशतले बिक्री घटेको छ।

मूल्यवृद्धि, चीनको लकडाउन र यूक्रेन-रुस युद्धका कारण मोबाइलमा बिक्रीमा गिरावट देखिएको हो।

सन् २०२२ मेगमा विश्वव्यापी स्मार्टफोनको ढुवानी ९६ मिलियन मात्र भएको काउन्टरप्वान्टको रिपोर्टमा उल्लेख छ। कोभिड-१९ महामारी शुरु भएको सन् २०२० को पहिलो र दोस्रो क्वाटरपछि चालु वर्षको मेमा एक समय मिलियन भन्दा कम स्मार्टफोन ढुवानी भएको हो।

मूल्यवृद्धिका कारण ग्राहकको रोजाइमा स्मार्टफोन भन्दा पनि उपभोगिय वस्तु पर्नाले बिक्री घटेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १६ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • १६ असार २०७९, बिहीबार