एमजीको किफायती मिनी ईभी आउँदै, रोड टेस्टिङमा देखियो

  • Technology Khabar | १६ असार २०७९, बिहीबार
एमजीको किफायती मिनी ईभी आउँदै, रोड टेस्टिङमा देखियो

काठमाडौं ।

एमजी मोटरले भारतमा आफ्नो मिनी इलेक्ट्रिक कारको रोड टेस्टिङ शुरु गरेको छ। यो एमजीको इन्ट्री लेभलको इलेक्ट्रिक कार हो।

मिनी इलेक्ट्रिक कार सन् २०२३ मा सार्वजनिक गरिने अटोइन्डियाले उल्लेख गरेको छ।

एमजीको मिनी इलेक्ट्रिक कार चीनमा बिक्री हुँदै आएको वूलिङ इभीमा आधारित हुनेछ। कार थ्री डोर ह्याचब्याक र फोर सीटर भर्जनमा उपलब्ध छ।

इलेक्ट्रिक कारको डिजाइन र साइज उलिङको जस्तै हुनेछ।

उलिङको सानो इलेक्ट्रिक कार चीनमा निकै लोकप्रिय छ। चीन भन्दा बाहिर यसलाई एमजी ई२३० नाममा बिक्री गरिन्छ। उलिङको इलेक्ट्रिक कार ३ मिटर भन्दा पनि सानो छ। कारको लम्बाई २९१७ एमएम, उचाई १६२१ एमएम र चौडाई १४९३ एमएम छ।

भारतीय बजारमा एमजी मिनी इभीको प्रतिस्पर्धा ड्याटसन रेडीगो र मारुती सुजुकी अल्टोसँग हुनेछ। भर्खरै भारतमा उक्त मिनी इलेक्ट्रिक कारको पेटेन्ट दर्ता गराइएको छ। भारतमा उपलब्ध हुने कार फोर सीटर हुने विश्वास व्यक्त गरिएको छ।

कारमा २० किलोवाटको इलेक्ट्रिक मोटर र २० किलोवाट आवरको लिथियम ब्याट्री हुनेछ। कारले फुल चार्जमा १५० किलोमिटरको ड्राइभिङ रेञ्ज प्रदान गर्ने दावी गरिएको छ।

रिपोर्ट अनुसार कारमा एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम (एडीएएस), इन्टरनेट अफ ह्वीकल (आईओभी), अटोमेटिक पार्किङ, भाइस कमान्ड र डुअल फ्रन्ट एयरब्याग लगायत फिचर हुनेछ।

भारतीय बजारमा एमजी मिनी इलेक्ट्रिकको मूल्य ७ देखि १० लाख भारुको आसपास हुने ड्राइभस्पार्कले उल्लेख गरेको छ।

प्रकाशित: १६ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • १६ असार २०७९, बिहीबार