आजियाटाको मलेशियन मोबाइल अपरेटर सेलकम र टेलिनोरको डिजी टेल मर्ज हुने

  • Technology Khabar | १५ असार २०७९, बुधबार
आजियाटाको मलेशियन मोबाइल अपरेटर सेलकम र टेलिनोरको डिजी टेल मर्ज हुने

काठमाडौं ।

निजी मोबाइल सेवा प्रदायक एनसेल आजियाटाको मलेशियास्थित मुख्य लगानीकर्ता कम्पनी आजियाटाको मोबाइल सेवा कम्पनी र अर्को मोबाइल सेवा प्रदायकबीच मर्ज हुने भएको छ।

मलेसियाको सञ्चार नियामकले बुधबार एनसेलको लगानीकर्ता आजियाटा ग्रुप बर्हाद र नर्वेको टेलिनोर एएसएको मोबाइल अपरेसनहरू बीचको मर्जरलाई अनुमोदन गरेको टेलिनोरले एक विज्ञप्तीमार्फत जानकारी दिएको छ।

दुबै कम्पनीबीचको यो मर्जरसँगै नयाँ कम्पनी यस क्षेत्रमा दक्षिणपूर्वी एसियाली देशको सबैभन्दा ठूलो खेलाडी बन्ने रोयटर्सले उल्लेख गरेको छ।

‘टेलिनोरको डिजी डट कम बर्हाद र सेलकम आजियाटा बर्हाद क्रमशः मलेसियाको दोस्रो र तेस्रो सबैभन्दा ठूलो मोबाइल सेवा अपरेटरहरू हुन्, र यो सम्झौताले देशको शीर्ष मोबाइल सेवा अपरेटर सिर्जना गर्नेछ,’ मलेशियन कम्युनिकेसन एन्ड मल्टिमिडिया आयोग (एमसीएमसी) ले एक विज्ञप्तिमा भन्यो।

एमसीएमसीले मर्जरबाट उत्पन्न हुन सक्ने प्रतिस्पर्धाका समस्याहरूलाई सम्बोधन गर्न कम्पनीहरूले चालिने आवश्यक कदमहरु पेश गरेपछि ‘नो अब्जेक्सन’को सूचना जारी गरेको बताएको छ।

एक संयुक्त वक्तव्यमा, डिजी डट कम र सेलकमले आफ्नो स्पेक्ट्रम र सेलकमको “यूडो” ब्रान्ड र कम्पनीको ७० मेगाहर्ज विनिवेश गरिने समावेश गरेको बताए।

यसकासाथै, तिनीहरू आफ्नो मोबाइल भर्चुअल नेटवर्क अपरेटरहरूको (एमभीएनओ) थोक व्यापारको लागि छुट्टै स्वतन्त्र व्यापार इकाई स्थापना गर्न र अवस्थित उत्पादनहरूलाई एकल कर्पोरेट ब्रान्ड अन्तर्गत राख्न सहमत भएका छन्।

गत वर्ष मर्जरको घोषणा गर्दा, नयाँ सेलकम डिजी बर्हादले करिब १ करोड ९० लाख ग्राहकहरूको ग्राहक आधारबाट करिब ३ अर्बको वार्षिक राजस्व र १.४ अर्बको मूल नाफा भएको कम्पनी बनाउने अनुमान गरिएको थियो। डिजी डटकमको बजार मूल्य लगभग ६ अर्ब थियो।

म्याक्सिस बर्हाद हाल मलेसियाको शीर्ष मोबाइल सेवा प्रदायक हो जोसँग ९४ लाख भन्दा बढी ग्राहकहरू छन्।

कम्पनीहरूले २०२२ को दोस्रो अर्ध वार्षिकमा मर्जर पूरा हुने आशा राखेका छन्, जसमा आजियाटा र टेलिनरको समान स्वामित्व ३३.१ प्रतिशत छ।

नयाँ कम्पनीले ५जी सलुसन र सेवा बिस्तारमा थप सहयोग हुने विज्ञप्तीमा जनाईएको छ। यसको लागि कम्पनीले ५५ मिलियन डलर लगानीमा क्वालालम्पुरमा नयाँ इन्नोभेसन सेन्टर स्थापना गर्ने जनाएको छ।

प्रकाशित: १५ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार