१२ वर्षमा आईसी इन्जिन फेजआउट चुनौतिपूर्ण: फक्सवागन

  • Technology Khabar | १६ असार २०७९, बिहीबार
१२ वर्षमा आईसी इन्जिन फेजआउट चुनौतिपूर्ण: फक्सवागन

काठमाडौं ।

यूरोपियन यूनियनको १२ वर्षभित्र आईसी इन्जिन फेज आउट गर्ने निर्णय चुनौतिपूर्ण देखिएको छ।

यसमा मुख्य चुनौति भनेको विद्युतीय सवारीको ब्याट्री उत्पादनको रहेको बुझिएको छ।

उक्त अवधिमा यूरोपियन यूनियनका देशमा रहेका समग्र गाडीका लागि आवश्यक ब्याट्री उत्पादन हुन नसक्ने हो कि भन्ने चिन्ता बढिरहेको रोयटर्सले उल्लेख गरेको छ।

उक्त जानकारी बुधबार फक्सवागनका एक कार्यकारीले दिएका हुन्।

यूरोपियन यूनियनका देशहरुमा अघिल्लो हप्ता जलवायु परिवर्तनसम्बन्धी कानून लागू भएको र त्यसमा एउटा प्रावधान ईयूमा बेचिने नयाँ कारले २०३५ देखि शून्य कार्बन उत्सर्जन गर्नुपर्ने रहेको छ।

‘यो चुनौतिपूर्ण लक्ष्य हो। यो लागू गर्न सकिन्छ भन्ने हामीलाई लाग्दछ’, फक्सवागनका प्रमुख वित्त अधिकारी आर्नो एन्टलिजले रोयटर्सलाई एक अन्तरवार्ताका क्रममा भने।

प्रकाशित: १६ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार