रेडियो नेपालको मोबाइल एप सार्वजनिक

  • Technology Khabar | १५ असार २०७९, बुधबार
रेडियो नेपालको मोबाइल एप सार्वजनिक

काठमाडौं ।

रेडियो नेपाल अब मोबाइल एपमार्फत पनि उपलब्ध भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपालको डिजिटल प्लेटफर्म ओटीटी एप्स मंगलबार सार्वजनिक गरेका छन्।

रेडियो नेपालको कार्यालय सिंहदरबारमा आज आयोजित एक विशेष कार्यक्रममा उनले उक्त एप्स सार्वजनिक गरेका हुन्।

रेडियो नेपालले विगत वर्षहरूदेखि नै डिजिटलाइजेसन गरिसकेका श्रव्य सामग्रीहरूको बजारीकरण गरी थप आय आर्जन गर्न ओटीटी एप्स सार्वजनिक गरेको हो।

प्रकाशित: १५ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...