
काठमाडौं ।
जीमेल मेलिङ सर्भिस मध्येको चर्चित सेवा मध्ये एक हो। गत वर्ष जीमेलका प्रयोगकर्ता १.८ बिलियन रहेको न्यूज१८ले उल्लेख गरेको छ।
कुल इमेल प्रयोगकर्ता मध्ये जीमेलको मार्केट हिस्सा १८ प्रतिशत रहेको छ। ७५ प्रतिशत प्रयोगकर्ताले मोबाइलबाट जीमेल चलाउने गर्छन्।
अहिले गुगलले जीमेलको अफलाइन सेवा शुरु गरेको छ।
यो सेवाबाट प्रयोगकर्ताले इमेल अफलाइन पढ्न, सर्च गर्न, मेलको रिप्लाई पनि गर्न सक्छन्।
गुगलको नयाँ अपडेटसँगै इन्टरनेट बिनै प्रयोगकर्ताले जीमेलको प्रयोग गर्न सक्छन्। यसका लागि गुगल मेल बुकमार्क गर्नु पर्ने हुन्छ।

कसरी लिने जीमेलको अफलाइन सेवा?
जीमेलको अफलाइन सेवा गुगल क्रोममा मात्र प्रयोग गर्न सकिन्छ। यसका लागि तपाईँको पीसी वा ल्यापटपमा गुगल क्रोम इन्स्टल भएको हुनुपर्छ।
प्रकाशित: १४ असार २०७९, मंगलवार