
काठमाडौं ।
नासाको विशाल तथा अति महंगो स्पेस लञ्च सिस्टमको परीक्षण पूरा गरेको छ।
शुक्रबार उक्त संस्थाले यो जानकारी सार्वजनिक गर्दै अब आर्टिमिज १ डेमोन्स्ट्रेशन मिशन चन्द्रमामा प्रक्षेपण गर्नका लागि तयार हालतमा रहेको बताएको टेकक्रञ्चले उल्लेख गरेको छ।
यो मिसनले यो दशकको मध्यमा चन्द्रमाको सतहमा अन्तरिक्षयात्री ओसारपसार गर्ने अपेक्षा गरिएको छ। यो प्रक्षेपण आगामी अगस्टतिर हुनसक्ने नासाका अधिकारीहरुले बताएका छन्।
नासाले ३२२ फिट अग्लो उक्त रकेट तथा ओरायन अन्तरिक्षयानलाई केनेडी स्पेस सेन्टरमा रहेको भेहिकल एसेम्ब्ली बिल्डिङमा आगामी जुलाई १ तथा २ मा लैजाने र त्यसपछि प्रक्षेपणको तयारी थालिने टेकक्रञ्चले जनाएको छ।
त्यसपछि नासासँग अन्तिम प्रक्षेपणका लागि बढीमा ६ देखि ८ हप्ता मात्र समय बाँकी रहने स्पेस लञ्च सिस्टम प्रोग्रामका चिफ इन्जिनीयर जोन ब्लेभिन्सले शुक्रबार जानकारी दिए।
स्पेस लञ्च सिस्टमलाई प्रक्षेपण स्थलमा ल्याइएपछि अधिकारीहरुले १० देखि १४ दिनमा लिफ्टअफका लागि तयारी गर्ने एक्सप्लोरेशन ग्राउण्ड सिस्टमका सिनियर भेहिकल अपरेशन्स म्यानेजर क्लिफ लान्हामले थपे।
नासाले हाइड्रोजन लिक भएको समस्याका बावजूद पनि वेट ड्रेस रिहर्सल अर्थात् पूर्व परीक्षण सम्पन्न गरेको बताएङको छ। उक्त लिकले कन्ट्रोलरको काउन्टडाउन टी-१९ मा आएर रोकिएको थियो। अधिकारीहरुले उक्त काउन्टडाउन इन्जिनमा आगो लाग्नुअघि टी-९.३४ सेकेन्डसम्म हुने अपेक्षा गरेका थिए।
प्रकाशित: १३ असार २०७९, सोमबार