सार्वजनिक हुनुपूर्व ह्वावे नोभा १० सिरिजको स्पेसिफिकेसन बाहिरियो

  • Technology Khabar | १२ असार २०७९, आईतवार
सार्वजनिक हुनुपूर्व ह्वावे नोभा १० सिरिजको स्पेसिफिकेसन बाहिरियो

काठमाडौं ।

ह्वावेले नोभा १० सिरिज स्मार्टफोन जुलाई ४ मा चीनमा सार्वजनिक गर्ने भएको छ। ह्वावेले दुई स्मार्टफोन नोभा १० र नोभा १० प्रो सार्वजनिक गर्ने भएको हो।

सार्वजनिक पूर्व ह्वावे नोभा १० सिरिजको स्पेसिफिकेसन बाहिरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

ह्वावे नोभा १०

नोभा १० को लम्बाई १६२.१८ एमएम, चौडाइ ७३.९१ एमएम र मोटाइ ६.८८ एमएम तथा तौल १६८ ग्राम हुनेछ।

स्मार्टफोनमा रहेको ६.६७ इन्चको ओएलईडी डिस्प्लेमा फुल एचडी प्लस रेजोल्यूसन १०८० वाई २४०० पिक्सेल र रिफ्रेस रेट १२० गिगाहर्ज छ। डिभाइसमा स्न्यापड्रागन ७७८ जी फोरजी प्रोसेसर रहेको छ।

फोन दुई भेरियन्ट ८ जीबी र्याम र १२८ जीबी तथा २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ। यसमा रहेको ४००० एमएएच ब्याट्रीले ६६ वाटको चार्जिङ सपोर्ट गर्छ।

फोनमा हार्मोनीओएस २ अपरेटिङ सिस्टम दिइएको छ।

फोनको मुख्य क्यामरा ५० मेगापिक्सल र सेल्फी क्यामरा ६० मेगापिक्सलको छ।

ह्वावे नोभा १० प्रो

ह्वावे नोभा १० प्रोको लम्बाई १६४.२४ एमए, चौडाइ ७४.४५ एमएम र मोटाई ७.८८ एमएम तथा तौल १९१ ग्राम हुनेछ।

स्मार्टफोनमा रहेको ६.६७ इन्चको ओएलईडी डिस्प्लेले फुल एचडी प्लस रेजोल्युसन १०८० वाई २४०० पिक्सल र रिफ्रेस रेट १२० गिगाहर्ज छ। डिभाइसमा स्न्यापड्रागन ७७८ जी फोरजी प्रोसेसर छ।

ह्वावे नोभा १० प्रो पनि दुई भेरियन्ट ८ जीबी र्याम र १२८ जीबी तथा २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ।

४५०० एमएएच ब्याट्रीले १०० वाटको चार्जिङ सपोर्ट गर्छ।

दुवै फोन सिल्भर, ब्ल्याक, पर्पल र ग्रीन कलरमा उपलब्ध हुनेछ।

प्रकाशित: १२ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • १२ असार २०७९, आईतवार