
काठमाडौं ।
सामसङले आफ्नो ग्यालेक्सी जेड फ्लिपका लागि सफ्टवेय अपडेट जारी गरेको छ।
कम्पनीले उक्त स्मार्टफोनका लागि जुन २०२२ एन्ड्रोइड सेक्युरिटी प्याच उपलब्ध गराएको हो।
एफ७००एफएक्सएक्सयू८जीभीएफ३ फर्मवेयर भर्सन सहितको उक्त अपडेट मोडल कोड एसएम-एफ७००एफ रहेका सामसङको ग्यालेक्सी जेड फ्लिप डिभाइसका लागि जारी गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
हाल यो अपडेट इटलीमा जारी रहेको र छिट्टै विश्वका अन्य भागमा पनि उपलब्ध हुने कम्पनीलाई उद्धृत गर्दै जीएसएमएरिनाले जनाएको छ।
हाल इटलीमा रहेका ग्यालेक्सी जेड फ्लिपका प्रयोगकर्ताले हालसम्म यो अपडेटको नोटिफिकेशन नपाएको खण्डमा आफ्नो डिभाइसको सेटिङ्समा गएर सफ्टवेयर अपडेट मेनुमा गएर पनि इन्स्टल गर्न सकिने बताइएको छ।
प्रकाशित: ११ असार २०७९, शनिबार