नेटफ्लिक्सले थप ३०० कर्मचारीहरूलाई हटाउँदै

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
नेटफ्लिक्सले थप ३०० कर्मचारीहरूलाई हटाउँदै

काठमाडौं ।

नेटफ्लिक्सले थप ३०० कर्मचारीहरूलाई जान दिने र आफू व्यापार विस्तारमा ध्यान केन्द्रित गर्ने भएको छ।

भिडियो स्ट्रिमिङ्ग प्लेटफर्म नेटफ्लिक्सले मे महिनामा १५० पदहरू हटाएपछि थप ३०० जना कर्मचारीहरुलाई हटाउने भएको हो।

भर्खरको जागिर कटौती प्रायः अमेरिकामा, कम्पनीका विभिन्न फंगसनहरुमा हुने भेराइटीले रिपोर्ट गरेको छ। नेटफ्लिक्सले पहिलो त्रैमासिकमा नेट २ लाख ग्राहकहरू गुमायो, र दोस्रो त्रैमासमा फेरि घाटातर्फ उन्मुख देखिएको छ।

मे महिनाको मध्यमा यसको नतिजा घोषणा भएदेखि कम्पनीले आफ्नो मूल्यको लगभग ७० प्रतिशत गुमायो।

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...