सर्वाधिक फलोअर भएका टिकटकर बने खाबी लामे

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
सर्वाधिक फलोअर भएका टिकटकर बने खाबी लामे

काठमाडौं ।

खाबी लामे सामाजिक सञ्जाल टिकटकमा सबैभन्दा धेरै फलोअर भएका व्यक्ति बन्न सफल भएका छन्। खाबी लामेको टिकटकमा १४२.८ मिलियन फलोअर रहेका छन्।

द भर्जका अनुसार खाबी लामेले लोकप्रिय टिकटकर चार्ली डी मेलियोलाई पछि पारेर सर्वाधिक फलोअर भएका टिकटकर बन्न सफल भएका हुन्। चार्ली डी मेलियोको टिकटकमा १४२.३ मिलियन फलोअर्स छन्।

२२ वर्षीय टिकटकर लामे इटालीका हुन्। उनले टिकटकमा लाइफ ह्याक भिडियोलाई रोस्ट र त्यसमा रियाक्सन गर्ने गर्छन्।

उनले बनाएको भिडियोले भ्यूअरलाई हाँस्न बाध्य बनाउँछन्। उनको भिडियोमा कुनै सम्वाद हुँदैन, केवल हाउभाउ तथा हातको इशाराको आधारमा भिडियो कन्टेन्ट बनेको हुन्छ।

लामेलाई मानिसहरुलाई हँसाउन र मनोरञ्जन प्रदान गर्न रमाइलो लाग्छ। उनी सानै उमेरदेखि मानिसलाई हँसाउन र मनोरञ्जन गराउनका लागि लालायित हुन्थे।

लामेले पहिलो भाइरल भिडियो सन् २०२० नभेम्बरमा पोस्ट गरेका थिए। जसले १७ मिलियनभन्दा धेरै भ्यू पाएको थियो। उक्त छोटो भिडियोमा लामेले एक लाइफ ह्याकमा रियाक्सन दिएका थिए।

लामेले आफ्नो पहिलो टिकटक भिडियो सन् २०२० मार्चमा पोस्ट गरेका थिए। त्यस समय कोभिड–१९ का कारण उनले फ्याक्ट्रीको जागिर गुमाएका थिए। साथै लामेको ७८ मिलियन इन्स्टाग्राम फलोअर पनि छन्।

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १० असार २०७९, शुक्रबार