ग्लोबल आइएमई बैंकका ग्राहकले आफ्नै तस्बिर अंकित डेबिट कार्ड लिन पाउने

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
ग्लोबल आइएमई बैंकका ग्राहकले आफ्नै तस्बिर अंकित डेबिट कार्ड लिन पाउने

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ ।

बैंकले “मेरो आफ्नै डेबिट कार्ड” योजना अन्तर्गत यो सुविधा ल्याएको हो । बैंकले आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था भएको दाबी गरेको छ।

यस योजना अन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइट मार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ। कार्डप्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइन अनुसारको कार्डलाई भर्चुअल रूपमा हेर्न र आफुलाई मनपर्ने डिजाइन छनोट गर्न सक्नेछन्। ग्राहकहरुसंग वेबसाइटमा पूर्व–डिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पहरु समेत उपलब्ध हुने बताईएको छ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले “मेरो आफ्नै डेबिट कार्ड” योजना सार्वजनिक गरेको हो । यस्ता नवीनतम प्रविधिहरुको प्रयाग गर्दै बैंकले समय सापेक्षता अनुरुप ग्राहकहरुलाई लाभान्वित गर्दै आएको जनाएको छ।

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...