
काठमाडौं ।
टेस्ला इंकका बर्लिन टेक्ससमा रहेका नयाँ कार फ्याक्ट्रीबाट अर्बौं डलर घाटा भइरहेको इनल मस्कले दावी गरेका छन्।
ब्याट्री अभाव तथा चिनियाँ बन्दरगाहको समस्याका कारण ती फ्याक्ट्रीहरुबाट पर्याप्त कार उत्पादन गर्न नसकेकाले घाटा भइरहेको कम्पनीका सीईओ मस्कले एक अन्तरवार्तामा बताएका हुन्।
‘बर्लिन र टेक्सस दुवै ठाउँका फ्याक्ट्री हाल प्रशस्त रकम खर्च गर्ने ‘भट्टी’ बनेका छन्। त्यहाँबाट जोडतोडका साथ पैसाको चित्कार आइरहेको भान हुन्छ’, मस्कले अस्टिनमा रहेको टेस्लाको आधिकारिक क्लब टेस्ला अनर्स अफ सिलिकन भ्यालीमा गत मे ३१ मा अन्तरवार्ताका क्रममा भने।
क्लबले मस्कसँगको अन्तरवार्तालाई तीन भागमा विभाजित गरेको थियो जसमध्ये अन्तिम भाग बुधबार सार्वजनिक गरिएको रोयटर्सले उल्लेख गरेको छ।
मस्कले आफ्नो ४६८० ब्याट्री निर्माण बढाउन चुनौती रहेको र परम्परागत २१७० ब्याट्री चीनको बन्दरगाहमा अलपत्र परेका कारण टेस्लाको टेक्ससमा रहेको फ्याक्ट्रीले थोरै सङ्ख्यामा मात्र कार निर्माण गर्न सकेको बताएका छन्। उनले यो सबै समस्या छिट्टै समाधान हुने आश्वासन पनि दिए।
प्रकाशित: ९ असार २०७९, बिहीबार