
काठमाडौं ।
माइक्रोनले उच्च क्षमताको माइक्रोएसडी कार्ड सार्वजनिक गरेको छ। गिज्मोचाइनाका अनुसार माइक्रोनले १.५ टीबी स्टोरेजको माइक्रोएसडी कार्ड सार्वजनिक गरेको हो।
नयाँ आई४०० माइक्रोएसडी कार्डमा उच्चतम १.५ टीबीको स्टोरेज क्षमता छ।
धेरै स्मार्टफोनले यो एसडी कार्ड सपोर्ट नगर्ने गिज्मोचाइनले उल्लेख गरेको छ।
माइक्रोनले १७६ लेयर थ्रीडी एनएएनडी प्रविधिबाट उच्चतम स्टोरेज क्षमता हासिल गरेको हो। यो एसएसडीएस कार्डमा प्रयोग गरिएकै प्रविधि हो।
शुरुवाती दिनमो नयाँ मेमोरी कार्डलाई प्रिमियम मूल्यमा बिक्रीका लागि उपलब्ध गराइने छ। योसँगै १ टीबी मोडल भने पहिलाको तुलनामा केही सस्तो हुने सम्भावना रहन्छ।
प्रकाशित: १० असार २०७९, शुक्रबार