
काठमाडौं ।
नेपाल टेलिकमले आज राती मोबाइल सेवाको प्याकेज सब्सक्रिप्सन सेवा अवरुद्ध हुनसक्ने बताएको छ।
कम्पनीले बिलिङ्ग सिस्टमको नियमित मर्मत संभारको क्रममा साती ११ः३० बजे पछि केहि समय मोबाइल सेवाको प्याकेज सब्सक्रिप्सन सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको हो।
कम्पनीकाअनुसार सो समयमा प्याकेज सब्सक्रिप्सन तथा भोलुम ब्यालेन्स क्वेरी जस्ता सेवाहरुमा केहि समय अवरुद्ध हुनसक्ने जानकारी दिएको छ ।
यस बाहेकका अन्य सेवाहरु भने यथावत सुचारु हुने जनाएको छ ।
टेलिकमले आफ्नो सिस्टमहरुलाई समय समयमा मर्मत संभार गर्दै आएको र सर्वसाधारणका लागि जानकारी दिँदै आएको छ।

प्रकाशित: ८ असार २०७९, बुधबार